aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २६ गते

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा बिहान ११ बजे कम्पनीको सभाहल महाराजगञ्ज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ ।

सभाले कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफा(फ्री रिजर्भभ) को जम्म रकम भन्दा बढी हुने गरी ऋण लिने निर्णय अनुमोदन गर्ने तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ । 

त्यसैगरी सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस