
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । सभा बिहान ११ बजे होटल नमस्ते अत्तरीयामा हुने जानकारी गराएको हो ।
सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ । तयसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितीलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितीको बैकठले साधारण सभ ागर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस