aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासन गर्ने तयारीमा माइखोला हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
आईपीओ निष्कासन गर्ने तयारीमा माइखोला हाइड्रोपावर

काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा गर्ने जानकारी गराएको हो । 

सभाले आईपीओ निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती लिने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस