aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लाभांश पारीतका लागि विजय लघुवित्तले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
लाभांश पारीतका लागि विजय लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको भछ । सभा गैडाकोट रिसोर्ट नवलपरासीमा हुने जानकारी गराएको हो । सभाले २० दशमलव ०३ प्रतिशत बोनस शेयर र १ दशमलव ०६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

त्यसैगरी सभाले अन्य वित्तीय संस्थालाई प्राप्ती गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ । 

संस्थापक शेयरधनी तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते देखि २४ गते सम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस