aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई ओटा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले पुस १ गते छ्याङदी होड्रोपावर र कर्पोरेट डेभलपमेण्ट बैंकलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । 

अनुमति पाएसँगै छ्याङदी हाइड्रोपावर कम्पनीले ३० प्रतिशत अर्थात १०ः३ को अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकले १ः१.५० अनुपातमा प्रतिकित्ता रू. १ सय अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस