
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड(एचआइडिसीएल)को लाभांश सुरिक्षत गर्ने अन्तिम दिन आइतवार पुस ४ गते रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गते बन्द गरेसँगै आइतवार पुस ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारीतका लागि कम्पनीले पुस २२ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे कम्पनीको रजिष्टर्ड कार्यलय हात्तीसार काठमाडौंम ागर्ने जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस