aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल हाइड्रो डेभलोपरले यस वर्ष ७.३७ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
नेपाल हाइड्रो डेभलोपरले यस वर्ष ७.३७ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी  २९ करोड ९० लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस