aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरिक्षत गर्ने अन्तिम दिन आइतवार पुस ४ गते रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गते देखि १८ गते सम्म बुक क्लोज गरेकाले पुस ४ गते आइतवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी पुस १८ गते बिहान ११ बजे साधारण सभा बोलाएको छ । 

सभा बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा हुने जानकारी गराएको हो ।
 

प्रतिक्रिया दिनुहोस