aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वायुसेवा संचालक संघको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
वायुसेवा संचालक संघको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) को २१औं वार्षिक साधारणसभा एभरेष्ट होटलमा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । बार्षिक साधारणसभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पेश गरिएको छ। 

संघले उक्त वार्षिक साधारणसभा मार्फत आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन समेत गरेको छ। संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

यस अवसरमा वायुसेवा कम्पनीहरुको अध्यक्ष, प्रवन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

नेपाली हवाई उद्योगमा चिर परिचित उड्डयन व्यवसायी नवनियुक्त अध्यक्ष क्याप्टेन थापाले संघको उक्त साधारणसभालाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो कार्यकालमा वायुसेवाको सूरक्षास्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सूरक्षा सूदृढीकरणलाई बढी भन्दा बढी विश्वासिलो बनाउँदै जाने र नेपाल नागरिक उड्डयन प्राधिकरणसंग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने समेत बताए । साथै हवाई संचालन उद्योग कोभिड महामारीको चपेटामा परी उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्ष देखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाई थपिदै गएको बताए । 

हाल अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमन नै वन्द भई उड्डयन क्षेत्र शिथिल भई रहेको अवस्थामा पुनः ओमनीकोन भाईरसको प्रभावमा परि अझै अप्ठेरा दिन आउन सक्ने बताए । उनका अनुसार विमानस्थलहरुमा चराचुरुङ्गी एवं जनावरहरुको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको घट्नाहरु समेत वढी रहेको र कमशः विमानहरु भूमिस्थ भई रहेका छन् । यसरी विमान भूमिस्थ हुँदा अपरेशन आम्दानी पनि घटी रहेको छ । जसकारण हवाई सुरक्षाका यी विषयमा सरकार एवं नेपाल नागरिक उड्डयन प्राधिकरणले समस्या न्यूनिकरण तर्फ ध्यानदिनु पर्ने समेत उनले बताए ।  

प्रतिक्रिया दिनुहोस