aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासनको प्रस्ताव सहित शुभम पावरले आव्हान गर्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
आईपीओ निष्कासनको प्रस्ताव सहित शुभम पावरले आव्हान गर्यो साधारण सभा

काठमाडौं । शुभम पावर लिमिटेडले पुस २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले भुर्चअल माध्यमाबाट सभा गर्ने तयारी गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ । 
 

प्रतिक्रिया दिनुहोस