aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टद्धारा लाभांश प्रस्ताव सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टद्धारा लाभांश प्रस्ताव सार्वजनिक

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो लाभांश प्रस्ताव पारीतका लागि कम्पनीले आगामी पुस २९ गते साधारण सभा गर्ने जानकारी गराएको छ । साथै उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते एक दिन बन्द गर्ने जानकारी दिएको छ ।    

यस आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितीका बैठकले माथिका निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस