aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तीन कम्पनीले बोलाए वार्षिक साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
तीन कम्पनीले बोलाए वार्षिक साधारण सभा

काठमाडौं । मोदी जलविद्युत कम्पनी लिमिटेडले प्रथम, दोस्रो, तेस्रो तथा चौथो वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । सभा बिहान ११ बजे नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको सभाहल दरबारमार्ग काठमाडौंमा हुने जानकारी गराएको हो ।

सभाले आव २०७३/७४,आव २०७४/७५,आव २०७५/७६ ,आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । त्यसैगरी आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

त्यस्तै, याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ । सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । त्यसैगरी २०७८ मंसिर २ गते बसेको सञ्चालक समतिीको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई पारीत गर्नेछ । त्यसैगरी आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

त्यसैगरि, मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ। सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र  आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र एक स्वतन्त्र सञ्चालक पनि नियुक्ती गर्ने प्रस्ताव पारीत गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस