
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले होटल मौर्या, रुपन्देही, भैरहवामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी रू. १७ करोड ६१ लाख ६९ हजारको आधारमा कम्पनीले यस वर्ष बोनस शेयर वितरण गर्न लागेको हो । उक्त बोनस शेयरलाई पनि सभाले वितरणयोग्य बनाउँनेछ । बोनस शेयरपश्चात कम्पनीमा सर्वसाधारण तर्फको शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न कम्पनीले रू. १ करोड ७८ लाख ४५ हजार ११८ दशमलव शून्य ३ बराबरको एफपीओ समेत निष्कासन गर्ने भएको छ । सो सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
बोनस र एफपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २४ करोड ६८ लाख ६५ हजार कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस