aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं । बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुको बढुवा गरिएको हो । 

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी बढुवाको सिफारिसमा परेका छन् । लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ 

यसैगरी श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवाको सिफारिसमा परेका छन् ।


 

प्रतिक्रिया दिनुहोस