
काठमाडौं । नेपाल पावर एक्सचेञ्ज लिमिटेडले पहिलो वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा मेरियोट होटल नागपोखरी काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने जानकारी गराएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले सञ्चालक समितीका निर्णय अनुमोदन गर्ने र सञ्चालक समितीको निर्वाचन गर्ने प्रस्ताव पनि परीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस