
काठमाडौं । दुई कम्पनीले साधारणसभा बोलाएका छन् । श्रृजनशील लघुवित्त वित्तीय संस्था र नेपाल एसबिआई मर्चेण्ट बैंकिङले साधारणसभा बोलाएको हो । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ ।
सभा कम्पनीको केन्द्रिय कार्यालय गोलबाजर ,सिराहामा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी कम्पनीको जारी पूँजी वृद्धि गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने,अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभिने तथा प्राप्ती हुने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मंगलवार हुदैछ । सभा बिहान ११ बजे नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले आव २०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने प्रस्ताव पारीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस