
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले पुस २७ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले धोविघाट स्थिर कम्पनीको रजिष्टर्ड कार्यालयबाट विहान ११ बजे भर्चुअल माध्यमाबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखपरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।
सञ्चालक नियुक्ती र पारिश्रमिक अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस