aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पञ्चकन्या माई हाईड्रोपावरले पुस २८ गते बोलायो तीन आर्थिक वर्षको संयुक्त साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
पञ्चकन्या माई हाईड्रोपावरले पुस २८ गते बोलायो तीन आर्थिक वर्षको संयुक्त साधारण सभा

काठमाडौं । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडले पुस २८ गते विगत तीन आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले कुपण्डोल ब्याङ्क्वेट, कुपण्डोल, ललितपुरमा विहान ११ बजे भर्चुुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ । साथै संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन वा मनोनयन गर्ने विषय पनि सभाका लागि तय भएको छ । 

सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस