
काठमाडौं । कर्जा सुचना केन्द्र लिमिटेडको १७औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभा होटल याक एण्ड यति दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो । सभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सञ्चालक समितीको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस