
एजेन्सी । पनामा पेपर्स लिक प्रकरणमा ऐश्वर्या राय बच्चनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले सोमबार ५ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो। ऐश्वर्यासँग उनको कथित कम्पनी र बैंक खाताको बारेमा प्रश्न गरिएको थियो। ईडीले ऐश्वर्यालाई सोध्यो, ‘५० हजार डलरमा किनेको कम्पनी १५०० डलरमा किन बेचेको’ बच्चनकी बुहारी बनेपछि किन बन्द भए कम्पनी ?
ईडीले उनलाई सोमबार दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेको थियो। ईडीका अधिकारीहरूले ऐश्वर्याका लागि प्रश्नहरूको सूची तयार गरिसकेका थिए। उनी साँझ ७ः३० बजे ईडीको कार्यालयबाट निस्किन् । उनले ईडीसमक्ष मुद्दासँग सम्बन्धित केही कागजातहरू पनि पेश गरेका छन्।
२०१६ मा, बेलायतमा पनामा कानूनी फर्मको ११.५ करोड कर कागजातहरू लीक भएको थियो। जसमा विश्वभरका ठूला नेता, व्यापारी र ठूला व्यक्तित्वको नाम सार्वजनिक भएको थियो । यी व्यक्तिमाथि कर छली गरेको आरोप छ, जसबारे कर प्राधिकरणले अनुसन्धान गरिरहेको छ । भारतको कुरा गर्दा झण्डै ५ सय जनाको नाम सार्वजनिक भएको थियो । यसमा बच्चन परिवारको नाम पनि समावेश छ।
प्रतिक्रिया दिनुहोस