
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा २६ वटा वाणिज्य लाभांश घोषणा गरेका छन् । हालसम्म नेप्सेमा सूचीकृत सबै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका हुन ।
नबिलले ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेका २६ बाणिज्य बैंकको औषत लाभांश १५.०४ प्रतिशत रहेको छ । जसमध्ये बोनश शेयरको हिस्सा १२.६९ प्रतिशत रहेको छ भने नगद लाभांशको हिस्सा जम्मा २.३५ प्रतिशत मात्रै छ ।
अहिलेसम्म लाभांश घोषणा गर्नेमा नेपाल एसबिआई बैंकको ५.३१ प्रतिशत रहेको छ । हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, तेस्रोमा कृषि विकास बैंक २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
लाभांश घोषणा गर्ने मध्ये १६ वटाको बुक क्लोज भइसकेको छ । जस मध्ये कतिपयले साधारणसभाबाट लाभांश पारित गरेका छन् । त्यस्तै बाँकी १० वटाको भने बुक क्लोज हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस