aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘पुष्पाः द राइज’ले ‘स्पाइडर म्यान र नो वे होम’को रेकर्ड ब्रेक गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
‘पुष्पाः द राइज’ले ‘स्पाइडर म्यान र नो वे होम’को रेकर्ड ब्रेक गर्यो

एजेन्सी । भारतको साउथ सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पाः द राइज’ ले भारतमा ग्रस बक्स अफिस कलेक्शनमा ‘स्पाइडर म्यान नो वे होम’ लाई उछिनेको छ । ‘स्पाइडर म्यानः नो वे होम’ ’पुष्पा’ को एक दिन अघि डिसेम्बर १६ मा भारतमा थिएटरमा रिलिज भएका थियो । यही डिसेम्बर १७ मा ‘पुष्पा’ विश्वभरका सिनेमा हलमा रिलिज भएको थियो ।

ट्रेड पण्डितहरूका अनुसार ‘स्पाइडर म्यानः नो वे होम’ ले पहिलो साताको अन्त्यमा भारतीय बजारमा ११०.१५ करोड भारु बक्स अफिस कलेक्सन गरेको थियो । योसँगै ‘पुष्पा’ले भारतका सबै भाषामा रिलिज भएको पहिलो सप्ताहन्तमा १४४ करोड रुपैयाँ कमाएको छ । यस अर्थमा ‘पुष्पा’ ले भारतमा ग्रस बक्स अफिस कलेक्शनमा ‘स्पाइडर म्यानः नो वे होम’ लाई पछि पारेको छ । 

‘पुष्पा’को हिन्दी संस्करणमा चार दिनको कलेक्सन अहिले १६.०९ करोड रुपैयाँ भारु पुगेको छ । फिल्मले चौथो दिन अर्थात सोमबार हिन्दीमा ४.२५ करोड रुपैयाँ भारु कमाएको छ ।

यसअघि फिल्मले हिन्दी संस्करणबाट तेस्रो दिन (आइतबार) ५.१८ करोड, दोस्रो दिन (शनिबार) ३.५५ करोड रुपैयाँ भारु र पहिलो दिन (शुक्रबार) ३.११ करोड रुपैयाँ भारु कमाएको थियो । ‘पुष्पाः द राइज’ सुकुमारले निर्देशन गरेका हुन् । अल्लु अर्जुनका अलावा यो फिल्ममा रश्मिका मन्डन्ना पनि मुख्य भूमिकामा देखिएकी छन् । 
 

प्रतिक्रिया दिनुहोस