aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक मंगलबार साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएका हो ।

उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरिएको छ ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।   
 

प्रतिक्रिया दिनुहोस