aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थर मिल्ने बाहेकलाई विवाहभोजमा बोलाउन नमिल्ने कानुन बनाउन सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
थर मिल्ने बाहेकलाई विवाहभोजमा बोलाउन नमिल्ने कानुन बनाउन सुझाव

काठमाडौं । विहाभोजमा आफ्नो थर मिल्ने बाहेकलाई बोलाउन नमिल्ने कानुन बनाउन पर्ने सूचना आयोगका प्रमुख कृष्णहरी बास्कोटाले सुझाव दिएका छन् । मंगलबार नेपाल ब्याबस्थापन संघ(म्यान)ले आगामि बजेट सम्बन्धी छलफल कार्यक्रममा बास्कोटाले सरकारले फजुल खर्च नियन्त्रण गर्न अब राजनीतिक कार्यक्रम मात्र नभएर व्याक्तिगत सभासमारोहलाई पनि कानुन बनाएर रोक्न यस्तो कानुन बनाउन सुझाव दिएका हुन ।

ऋण  लिएर,सरकारी कर्मचारी भए घुष खाएर, पाकेट मारेर, लुटेर भोजभतेर मनाएर नेपालीको सान बढाउन रोक्यो भने नेपालीको सान आफै बढ्ने उनको तर्क थियो । त्यस्तै, सरकारले आगामि बजेटमा शिक्षा र स्वास्थ्यमा नाफा रहित बनाउन सरकार लाग्न पर्ने सुझाव समेत दिएका थिए । आफ्ना छोराछोरीलाई पढाएर १८ वर्ष पुगेपछि बाहिर पठाइदिने र छोराछोरीको कमाइबाट सिधै २० प्रतिशत काटेर बाआमाको खातामा पठाइदिने ब्यबस्था हुनुपर्ने बास्कोटाको सुझाव रहको छ ।

उनले भने, ‘अब बानेश्वर जन्मेको बच्चाले बानेश्वर कै स्कुलमा  पढ्नु पर्छ । चुच्चेपाटीमा बिरामी भएको व्यक्तीले चुच्चेपाटीकै क्लिनिकमा उपचार गराउनु पर्छ । अब खुल्ला प्रतिस्पर्धा गरौ । हाम्रो  देशमा मास्टर डिग्री पढ्नेलाई विशेष तालिम दिनुपर्छ  । ’

उनले भने, ‘यो मुलुकमा नेपालको अच्चकाली गरेको भनेको साहै्र रक्सी धोकेर हो यो केन्द्रबाट रक्सीलाई बन्द गर्नु पर्छ यदि केन्द्रले बन्द गर्ने सकेन भने जुन गाउँपालिका  वा नगरपालिकाले बन्द गर्छ त्यसलाई अर्थमन्त्रीबाट १ करोडको  अनुदान दिने घोषणा गर्न पर्छ ।’
 उनले कार्यक्रममा २४ बुँदे सुझाव दिदै भने, ‘नेपालमा जडिबुटिको खानी छ त्यसलाई निश्चित व्यक्तीले मात्र टिप्ने गर्नु पर्छ । नेपाली अरुमा भन्दा  हस्तकलामा मात्रै अगाडि बढ्न सक्छौ । ’
 

प्रतिक्रिया दिनुहोस