aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको नवौं वार्षिक साधारण सभा पुस २९ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ पुस २०७८
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको नवौं वार्षिक साधारण सभा पुस २९ मा

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा आम्रपाली ब्याक्वेट थिरबम सडक काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

त्यसैगरी कम्पनीको प्रबन्धपत्रमा भएका उद्येश्यमा आवश्यक उद्येश्यहरु थप गरी संसोधन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस