
काठमाडौं । पुस ८ गते बिहीवार लक्ष्मी बैंक लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएका छन् । लक्ष्मी बैंकले २१औं वार्षिक साधारण सभा र स्वाभिमान लघुवित्तले पाँचौ वार्षिक साधारण सभा बोलाएको हो ।
लक्ष्मी बैंकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउसो २ बजे सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । बैठकले हाल कायम चुक्तापूँजी रू. १० अर्ब ६९ करोड ५६ लाख ९० हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २४ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
त्यस्तै कम्पनीको केन्द्रिय कार्यालय रुपन्देहीबाट भर्चुअल माध्यमबाट दिउसो १ बजेनै सभा सुरु गर्नेछ । सभा मार्फत कम्पनीले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले मंसिर २३ गते एक दिन मात्र सभा प्रयोजनका लागि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा स्वाभिमान लघुवित्तका मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ९ करोड २० लाख ५० हजार आधारमा लाभांश वितरण गर्न लागेको हो ।
त्यस्तै, चन्द्रागिरी हिल्स लिमिटेडले पनि १२औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट टप स्टेशन परिसरमा दिनको ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
साथै सभाले सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । त्यसैगरी भिाले यस कम्पनीको प्रबन्धपत्रको दफा ४(१)मा कम्पनीको उदेश्यमा थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियमक निकायबाट सुझाव पा निर्देशन भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितीलाई अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि पुस ९ गते शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने कम्पनीले जानकारी गराएको छ । यस आधारमा पुस ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितीको बैठकले निर्णय गरेको हो ।
त्यसैगगरि, गुडवील फाइनान्स लिमिटेडले सत्ताइसौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ ।सभा होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा बिहान ११ः३० बजे शुश्र गर्ने जानकारी गराएको हो ।
सभाले ९ दशमलव १ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २९ गते एक दिन बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस २८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस