aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लाभांश पारीतका लागि आरएमडिसी लघुवित्तले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ पुस २०७८
लाभांश पारीतका लागि आरएमडिसी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले २३औं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा अमृतभोग कालिका स्थान काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको हो । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

त्यसैगरी सभाले यस लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्न  उपयुक्त देखिएकामा आवश्यक सम्पूर्ण कार्यहरु अगाडि बढाउन सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १८ गते एक दिन शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस