aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

‘नेसनवाइड सर्भिस क्याम्प’ सञ्चालन हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ पुस २०७८
‘नेसनवाइड सर्भिस क्याम्प’ सञ्चालन हुँदै

काठमाडौं । ड्याट्सन नेपालल ‘नेसनवाइड सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ । ड्याट्सनलाई आवश्यक हेरचाह तथा मर्मतसम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा ‘नेसनवाइड सर्भिस क्याम्प’ विभिन्न शहरमा सञ्चालन गरिने भएको हो । 

यही २६ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म देशभरका प्रमुख सहरहरूमा आयोजना गरिने ‘नेसनवाइड सर्भिस क्याम्प’  मा ग्राहकहरूल विभिन्न सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् । 

जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क ९० चेक पोइन्ट, ८० प्रतिशतसम्म एक्सेसरीजमा छुट र नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस