aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

आयातमा गरेको कडाइप्रति नाडाको आपत्ति, आजबाट नाडाले पायो पूर्ण कार्यसमिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ पुस २०७८
आयातमा गरेको कडाइप्रति नाडाको आपत्ति, आजबाट नाडाले पायो पूर्ण कार्यसमिति

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गत सोमबार आयातमा गरेको कडाई प्रति नाडा अटोमोबाइल्स एसोसिएसनले विरोध गरेको छ । बुधबार नाडाले नव निर्वाचित पदाधिकारीहरुको सपथ कार्यक्रम गर्दै विरोध गरेको हो । 

नाडाले भनेको छ,‘ सवारी साधनहरु आयात गर्न प्रतीतपत्र ( एलसी) खोल्दा अनिवार्य रुपमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ ।  जस अनुसार मोटरसाइकल र कारजीप भ्यान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्थाले अटोमोवाइल व्यवसायीहरु मात्र नभई उपभोक्ताहरु समेत ठूलो मारमा परेकोले उक्त निर्णयमा पुर्नविचार गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दछौ ।’

मंसिर २३ गते काठमाण्डौमा सम्पन्न नाडा अटोमोवाइल्स एशोसिएशनको ४५ औं वार्षिक साधारण सभाले ध्रुववहादर थापाको नेतृत्वमा २९ सदसिय केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ ।  नाडाको संशोधित विधान २०७८ को दफा २०.७ बमोजिम आज बसेको सो केन्द्रीय कार्य समितिले पदाधिकारीहरुको समेत निर्वाचन सम्पन्न गरेको छ । 

नव निर्वाचित २९ सदसिय केन्द्रीय कार्य समितिको बैठकले नाडाको संशोधित विधान २०.७ बमोजिम निम्न पदाधिकारीहरु सहित २९ जनाको केन्द्रीय कार्य समिति सदस्य तथा २ जना आमन्त्रित सदस्य सहित ३१ सदस्सीय केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गरेको छ ।    

नाडाको नयाँ कार्यसमितिमा अध्यक्ष धु्रववहादुर थापा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, संस्थागत उपाध्यक्ष   सुभाष आचार्य, संस्थागत उपाध्यक्ष मोहनबाबु खडका, उपाध्यक्ष    राजनबाबु श्रेष्ठ, उपाध्यक्ष     सुनिल रिजाल÷निराकार श्रेष्ठ रहेका छन्  । त्यस्तै, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल रहेका छन् ।

त्यस्तै, सस्थागत सदस्यमा प्रदेश २ जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल,  तेजनारायण साह वागमती हेटौडा अटोमोवाइल्स एशोसिएशन  सुदेशकुमार श्रेष्ठ, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल गणेश भट्टराई , कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपाल भद्र भण्डारी र सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका पुष्कर ओझा रहेका छन् । 

त्यस्तै, सदस्यहरुमा आकाश गोल्छा, प्रकाश कपुरी, अभिक ज्योति,  अनुपकुमार बराल, कपिल शिवाकोटी, निलमणी पाठक, प्रदिपमान प्रधान,  यमुना श्रेष्ठ, बरदान बस्नेत र गोपाल भट्टराई रहेका छन् । अध्यक्षबाट मनोनित सदस्यहरुमा दिपक कुमार अग्रवाल, सोहन बहादुर श्रेष्ठ र अभिमन्यू गोल्छा रहेका छन् । आमन्त्रित सदस्यहरुमा  निशान ढकाल र अमृत जोशी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस