
एजेन्सी । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज(जीइइएल)को सञ्चालक समिति बोर्डले सोनी पिक्टर्स नेटवर्क इण्डियासँग मर्जरलाई अनुमोदन गरेको छ । सोनीको नयाँ कम्पनीमा ५०.८६ प्रतिशत हिस्सा रहनेछ भने जीइइएलको प्रवर्द्धक समूह एस्सेलको ३.९९ प्रतिशत हिस्सा हुनेछ । जीइइएलको शेयरधारकहरूले ४५.१५ प्रशित शेयर रहने छ । मर्ज गरिएको एनटीटीको मूल्य लगभग ५२१०० करोड रुपैयाँ भारु हुनेछ ।
जीसँग हाल ९६.०५ करोड शेयर रहेको छ । मर्जरपछि उनीहरुको शेयर बढेर १७३.६३ करोड पुग्नेछ । जीका प्रवर्द्धकहरूले ११०१ करोड रुपैयाँ गैर–प्रतिस्पर्धी शुल्क पाउनेछन् । उनीहरुले यो रकम मर्जरमा खर्च गर्नेछन् । नयाँ कम्पनीको ३ दशमलव ९९ प्रतिशत शेयर कायम गर्न प्रवद्र्धकले ३ करोड ६७ लाखभन्दा बढी शेयर प्रतिशेयर ३ सय रुपैयाँमा खरिद गर्नेछन् । सार्वजनिक शेयरधनीले नयाँ कम्पनीमा जीइइएलको १०० शेयरमा ८५ प्रशित शेयर पाउनेछन्।
दुई कम्पनीहरू बीचको मर्जर २२ सेप्टेम्बर २०२१ मा घोषणा गरिएको थियो । डिसेम्बर २१ मा ९० दिने देउ डिलिजेन्स अवधि सकिएको छ । मर्जरको स्वीकृतिपछि जीइइएलको स्टक करिब ३ प्रतिशतले घटेको छ । शेयर मंगलबार बीएसईमा ३४९ रुपैयाँमा बन्द भएको थियो । आज बिहान २ रुपैयाँले घटेर ३ सय ४७ रुपैयाँमा खुलेको र ३ सय ५८ रुपैयाँको उच्च बिन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस