
काठमाडौं । मेगा बैंक र आइसिएफसि फाइनान्सले नगद लाभांश वितरण गरेका छन् । मेगा बैंकले कर समेत २ दशमलव ०७ प्रतिशत र आइसिएफसि फाइनान्सले कर समेत ४ प्रतिशत नगद लाभांश वितरण गरेका हुन् ।
मेगा बैंकले मंसिर २८ गते ११औं वार्षिक साधारण सभा मार्फत १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव शून्य ७ प््र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । मेगाले साधारण सभा प्रयोजनका लागि मंसिर १४ गते एक दिन बुक क्लोज गरेकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुको बैंक खातामै नगद लाभांश जम्मा गरिदिएको जानकारी दिएको हो ।
मेगाले साधारण सभा सम्पन्न भएको दिनदेखिनै नगद लाभांश जम्मा गर्न सुरु गरेको हो । यसर्थ हालसम्म पनि बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरुलाई यथासिघ्र गरी आफ्नो लाभांश प्राप्त गर्न बैंकले अनुरोध गरेको छ । मेगा बैंकको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल रहेको छ ।
त्यस्तै आइसिएफसि फाइनान्सले पनि पुस ५ गते साधारण सभा सम्पन्न भएको दिनदेखिनै नगद लाभांश वितरण गर्न सुरु गरेको हो । आइसिएफसि फाइनान्सले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । आइसिएफसिले सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुको बैंक खातामै नगद लाभांश जम्मा गरिदिएको हो ।
यस कम्पनीले पनि नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्ने भएकाले बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । दुबै कम्पनीको बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुुनेछ ।
प्रतिक्रिया दिनुहोस