aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेप्सेले यस वर्ष १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने, पुस २९ गते साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
नेप्सेले यस वर्ष १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने, पुस २९ गते साधारण सभा

काठमाडौं । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यस वर्ष १६६ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेले हाल कायम चुक्तापूँजी रू. ६० करोडको आधारमा एक सय प्रतिशत कर समेत नगद लाभांश र ६६ दशमलव ६७ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । 

उक्त प्रस्ताव पारितका लागि पुस २९ गते नेप्सेले ४०औं वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको युएनआई, शान्तिमार्ग, काठमाडौंमा रहेको कार्यालयमा विहान ११ बजे सभा बोलाइएको हो । 

सभाले लाभांश सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको सिडिएस एण्ड क्लियरिङ लिमिटेड सहितको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साधारण सभा प्रयोजनका लागि नेप्सेले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस