aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको ‘सोमानी ग्रान्डे’ शोरुम उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको ‘सोमानी ग्रान्डे’ शोरुम उद्घाटन

काठमाडौं । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रालि (बज्र ग्रुप)ले ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्रीवितरण गर्ने उद्देश्यले, ‘सोमानी ग्रान्डे’ शोरुम खोलेको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीद्वारा एक समारोहबीच उक्त शोरुमको समुद्घाटन गरिएको हो । 

सोमानी सिरामिक्स भारतको सिरमिक उद्योगमा अग्रणीमा पर्दछ। उद्योगमा अग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज मार्फत आफ्नो पदचिह्न विस्तार गर्ने बताईएको छ । 

स्थापनाकालदेखि आजको दिनसम्म थुप्रै परियोजनाहरुमा नियमित रुपमा सामाग्रीहरुको बिक्रीवितरण गर्दै आएको यस कम्पनी, ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँ सम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस