
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा लहरीखर्क रिसोर्ट साँगा बनेपा १४ काभ्रेपलाञ्चोक मा बिहान १०ः३० बजे शुरु हुने जानकारी कम्पनीले गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
त्यसैगरी सर्वसाधारण समूहबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । यस लघुवित्त वित्तीय संस्था कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती हुने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका पुस १८ गते बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस