
मुम्बई । चेक बाउन्स मुद्धामा दोषी ठहर भएपछी बलिवुड नायिका कोइना मित्रले ६ महिना जेल सजायं भोग्नु पर्ने भएको छ। मुम्बई स्थित महानगरीय मजिस्ट्रेट अदालतले उनि बिरुद्ध परेको मुद्धामा फैसला गर्दै यस्तो सजायं सुनाएको हो।
मोडेल पुनम सेथीले अभिनेत्री मित्र बिरुद्ध २२ लाख रुपयांको चेक बाउन्स गरेको भन्दै उजुरी दिएकी थिइन् । तर मित्रले पुनमको यी पैसा दिनसक्ने हैसियत नै नभएको भन्दै आरोप अस्विकार गर्दै आएकी थिइन् । तर, सन् २०१३ को यो मुद्धामा मित्रले आफ्नो चेक चोरी गरेको लगायतका दलिल पेश गरेपनि उनलाई अदालतले दोषी मानेको छ।
यो मामिलामा फैसला गर्दै अदालतले मित्रलाई भारु १ लाख ६४ हजारको ब्याज सहित जम्मा ४ लाख ६४ हजार रुपयाँ तिर्न समेत आदेश दिएको छ । तर, मित्रले भने अदालतको आदेशलाई चुनौती दिंदै माथिल्लो अदालत जाने बताउंदै आएको समाचार भारतीय संचार माध्यमहरुमा छ ।
प्रतिक्रिया दिनुहोस