
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कालिमाटि ब्याक्वेटमा बिहान ११ बजे गर्ने शुरु गर्ने जानकारी गराएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते देखि २९ गते सम्म बन्द रहने कम्पनीले जानकारी दिएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
त्यस्तै, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडले २०औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २२ गते बन्द हुनेछ । यस आधारमा पुस २१ गते सम्म कायम शेयरधनीले साधारण सभा र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस