
काठमाडौं । बिहिवार नेप्सेमा मध्यभोटेकोशी जलविद्युत कम्पनीको आइपीओ सुचिकृत भएको छ । कम्पनीको ६ करोड कित्ता आइपीओ सुचिकृत भएको हो । अव यो शेयर दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेको छ ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि निष्कासन गरेको ६० लाख कित्ता, कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने संचयकर्ता कर्मचारीलाई निष्कासन गरेको १ करोड १७ लाख कित्ता,ऋणदाता संस्थाका कर्मचारीको लागि निष्कासन गरेको ६ लाख कित्ता,संस्थापक शेयरधनी सस्थाका कर्मचारीको लागि निष्कासन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख कित्ता गरी कुल ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सुचिकृत गराएको हो ।
पुस ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बिच धितोपत्र सुचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवार देखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ । कम्पनीको नेप्से सिम्बोल एमबिजेसि रहेको छ ।
प्रतिक्रिया दिनुहोस