
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण शेयर आईपीओ जारी गर्ने भएको छ । संस्थाले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम तीन करोड ३७ लाख दुई हजार पाँच सय बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको छ ।
आईपीओ निष्काशन तथा विक्रीका लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गर्नका लागि सम्झौता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस