aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छ्याङदी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
छ्याङदी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि पुस १ गते स्वीकृति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो । 

नियामक निकायबाट स्वीकृत भैसकेको हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले हालसम्म तोकेको छैन् । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रकृयामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ । 

विद्युत नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ । हाल कम्नपीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ ।

कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस