aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जी र सोनी टेलिभिजन मर्ज भएपछि के हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
जी र सोनी टेलिभिजन मर्ज भएपछि के हुन्छ ?

एजेन्सी । जी र सोनी टेलिभिजन २६ वर्षपछि अब एक हुँदैछन । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज र सोनी पिक्चर नेटवर्कले मर्जरले बोर्डको स्वीकृति पाएको छ । यो मर्जरपछि जी सोनी २६.७ प्रतिशत दर्शकको साथ भारतको सबैभन्दा ठूलो मनोरन्जन नेटवर्क हुनेछ । यसको हिन्दी सिनेमामा पनि ६३ प्रतिशत हिस्सेदारी हुनेछ । 

हाल, स्टार–डिज्नी नेटवर्क देशमा नम्बर १ मा छ । यसको १८.६ प्रतिशत दर्शकहरू छन ्। जी र सोनीको मर्जर हुन ८ देखि १० महिना लाग्न सक्छ । नयाँ कम्पनीसँग ७५ टिभि च्यानल, २ भिडियो स्ट्रिमिङ सेवा, २ स्टुडियो र एउटा डिजिटल कन्टेन्ट स्टुडियो हुनेछ । जि र सोनीले मिलेर आईपीएलको प्रसारण अधिकार लिन चर्चा चलिरहेको छ ।

सोनी पिक्चर्स नेटवर्क भारत लामो समयदेखि भारतीय टेलिभिजन उद्योगमा स्थापित टेलिभिजन हो । कम्पनीले सन् १९९५ मा भारतमा आफ्नो पहिलो टिभी च्यानल सोनी इन्टरटेनमेन्ट टेलिभिजन शुरु गरेको थियो । कम्पनीले खासै व्यापार विस्तार गर्न सकेको छैन । 

उही समयमा, जीले आफ्नो पहिलो च्यानल  जी टिभी २ अक्टोबर १९९२ मा शसरु गरेको थियो । जी टिभी लामो समयसम्म एस्सेल समूहको नियन्त्रणमा थियो । तर एस्सेलको आफ्नै ऋणको बोझ २.४ बिलियन डलर थियो । जीले २०१७ मा आफ्नो स्पोर्ट नेटवर्क टेन पनि ३८५ मिलियन डलरमा बेच्नुप¥यो । यो मर्जरपछि दुवै कम्पनीले अब ठूलो र विविध प्रकारका दर्शक पाउने छ ।

नयाँ कम्पनीको १६.७ दर्शक साझेदारी हुनेछ । हिन्दी सिनेमाको पनि ६३ प्रतिशत हिस्सा हुनेछ । हाल, स्टार–डिज्नीसँग १८.६ प्रतिशत दर्शक शेयर गरेका छन । सोनी नेटवर्कले २.६ लाख घण्टा लाइभ टेलिभिजन कार्यक्रमहरु पाउने छ । यसका साथै विभिन्न भाषाका ४८०० भन्दा बढी चलचित्रको लाइबेरी  पनि उपलब्ध हुनेछ ।  

जी अझै खेल विधामा छैन । तर अब सोनीबाट १० खेल च्यानलहरूमा पहुँच हुनेछ । यसमा सोनी सिक्स, सोनी टेन १, सोनी टेन २ र सोनी ३ र क्षेत्रीय च्यानल टेन ४ पर्छन् । मर्जरले उनीहरुको बजार हिस्सा र राजस्व पनि बढ्नेछ । डिजिटल इकोसिस्टममा पनि बलियो प्रवेश हुनेछ । सँगै, दुबै नेटफ्लिक्स र अमेजनसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछन् ।

जी ५÷सोनीको संयुक्त मासिक सक्रिय प्रयोगकर्ता लगभग १४० मिलियन हुनेछ । सब्सक्रिप्शन भिडियो अन डिमान्ड जीको १३.२ प्रतिशतको मार्केट हिस्सा छ र सोनीको ५.८ प्रतिशतको मार्केट हिस्ता छ । मर्जपछि बजारमा हिस्सा १९ को बजार साझेदारीको साथ तेस्रो नम्बरमा पुग्न सक्छन् । 

डिज्नी हटस्टार २६.३ प्रतिशत शेयरको साथ पहिलो र नेटफ्लिक्स २५.३ प्रतिशत शेयरको साथ दोस्रो स्थानमा छ । राजस्वको हिसाबले जी सोनी भारतको दोस्रो ठूलो मनोरञ्जन नेटवर्क बन्नेछ । डिज्नी स्टार नम्बर एकमा छ ।
 

प्रतिक्रिया दिनुहोस