
काठमाडौं । नेपालको पहिलो राइड सेयरिङ बिमा पठाओमा उपलब्ध भएको छ । पठाओले एभरेष्ट इन्स्योरेन्स सँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बिमा सुरु गरेको हो।
राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले राइड सेयरिङ बिमा सुरु गरेको पठाओले मोबाइल एप मार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बिमा माग दाबी गर्न नमिल्ने पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।
पठाओ एप मार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर(चालक)हरुको १ लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा ५ लाखसम्म बिमा दाबी गर्न सकिन्छ। दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाखसम्मको बिमा दावी गर्न सकिने बस्न्यात बताउँछन् ।
सेवाग्राहीले राइड सेयरिङ बिमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, ब्यक्तिगत जानकारी सहि हुनुपर्ने र यात्रा सुरु गर्नुपुर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ कि छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस