aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पाँच महिनामा पाँच करोडबढीको कफि आयात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
पाँच महिनामा पाँच करोडबढीको कफि आयात

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा महिनामा ५ करोड रुपैयाँ बराबरको कफी मात्रै आयात भएको छ । भन्सार विभागको तथ्याङक अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा ५ करोड १२ लाख १८ हजार रुपैयाँ बराबरको १ लाख २ हजार ७२२ किलो कफ आयात भएको हो । जसबाट २ करोड ४५ लाख १३ हजार रुपैयाँराजश्व संकलन भएको छ । 

विभागको तथ्याङक अनुसार पाँच महिनामा सबैभन्दा धेरै कफी भारतबाट निर्यात भएको छ । सो अवधिमा भारतबाट ३ करोड ७९ लाख २८ हजार रुपैयाँ बराबरको ९ लाख ४६ हजार ६२४ केजी कफी आयातभएको हो । 

यस्तै, अन्य देशहरुबाट क्रमश ः कोलम्बियाबाट ३४ हजार रुपैयाँ बराबरको ११ केजी, इक्वाडोरबाट १८ हजार रुपैयाँ बराबरको ५ केजी, हङकङबाट २२ हजार रुपैयाँ बराबरको ५७ केजी,मलेसियाबाट १ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको ५ हजार ४९० केजी कफी आयात भएको छ । त्यस्तै, बेलायतबाट १८ हजार रुपैयाँ बराबरको १३ केजी कफी आयातभएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ । 

त्यसैगरी सोही अवधिमा अमेरिकाबाट ३३ हजार रुपैयाँको २८ केजी, युनाइटे अरब इमिरेस्टबाट ३१ हजार रुपैयाँ बराबरको १०४ केजी, चीनबाट ४४ हजार रुपैयाँ बराबरको ४५केजी, इटालीबाट १० लाख ५० हजार रुपैयाँ बराबरको १ हजार १५९ केजी, फिलिपिन्सबाट ६ हजार रुपैयाँ बराबरको ५ केजी, सिंगापुरबाट ८ हजार रुपैयाँको ४ केजी कफी आयात भएको छ । 

थाइल्याण्डबाट ५३ हजार रुपैयाँको १३१ केजी,अष्ट्रेलियाबाट ४ हजार रुपैयाँको १ केजी, जापानबाट १ हजार को ५ केजी, कुवेतबाट ८७ हजार रुपैयाँको १९३ केजी, नेदरल्याण्डबाट ३ हजारको २ केजी, ओमानबाट ३ हजार रुपैयाँको १० केजी,स्पेनबाट २ हजार रुपैयाँको १ केजी कफि नेपाल आएको छ । 

त्यस्तै, ताइवानबाट १३ हजार रुपैयाँको ६ केजी, भियतनामबाट ७० हजार रुपैयाँको २७ केजी, डेनमार्कबाट ५८ हजार रुपैयाँको २४ केजी, ग्रीसबाट २ हजार रुपैयाँको १ केजी, इजराइलबाट ४२ हजार रुपैयाँको ७५ केजी, कोरियाबाट ४५ हजार रुपैयाँको ४५ केजी र कतारबाट २ लाख ३८ हजार रुपैयाँ बराबरको ६६४ केजी कफी आयातभएको विभागको तथ्याङमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस