aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिद्धार्थ बैंकको बिसौं वार्षिक साधारण सभा पुस ३० मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
सिद्धार्थ बैंकको बिसौं वार्षिक साधारण सभा पुस ३० मा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बीसौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ ।सभा सिल्भर ओक ब्याक्वेट गैह्रिधारा काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको छ ।

सभाले १४ दशलमव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी यस सिद्धार्थ बैंक र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा उपयुक्त संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १८ गते एक दिन बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस