aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तीन कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
तीन कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । तीन कम्पनीले साधारणसभा बोलाएका छन् । प्रोग्रेशिभ फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थार आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्ने प्रस्ताव सहितसाधारण सभागर्न लागेको हो । 

प्राग्रेशिभ फाइनान्सले २५औं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ ।सभा ज्यापू प्रज्ञा भवन भोलगणेश ललितपुरमा दिउँसो १ बजे शुरु हुने जानकारी दिएको हो । सभाले  ७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका पुस १९ गते एक दिन बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । पुस ८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा होटल न्यू ईरा बुटवल उप महानगरपालिका  वडा नम्बर ९ कालिकापथमा बिहान ११ बजे गर्ने जानकारी दिएको हो । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले यस लघुवित्त वित्तीय संस्था र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ । 

त्यसैगरी सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका पुस २१ गते बन्द गर्ने जानकारी गराएको छ ।

यस आधारमा पुस २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो । 

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा होटल गाँउवेशीको सभाहल वालिङ ८ स्याङ्जामा गर्ने जानकारी गराएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने , आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिम निर्धारण गर्ने  र संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

कम्पनीेले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १८ गते देखि ३० गते सम्म बन्द गर्ने निर्णय गरेको छ । कम्पनीको शेयर कारोबार मर्जर प्रयोजनको लागि २०७६ पुस ३ गते देखि रोक्का रहेको छ । 

प्रतिक्रिया दिनुहोस