
काठमाडौं । क्रिसमस र न्यु इएरको उपलक्ष्मा निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ आयोजना गरेको छ। २६ डिसेम्बर देखी २ जनवरीसम्म हुन लागेको निसान विकमा निसान किक्सको खरिदमा २,५०,००० सम्मको डिस्काउन्ट पाउन सकिने कम्पनीले जनाएको छ ।
यसका साथै निसानले स्पट एक्सचेन्ज र भ्यालुएसनको सुबिधापनि उपलब्ध गराएको छ। ग्राहकहरुले यो अवधिभर देशभर रहेको निसान शोरुम बाट टेस्ट राइड गरेमा १ लक्की ग्राहकले रेडमी १० प्राइम जित्ने अवसर पाउनेछन् ।
साथ साथै हरेक ग्राहकहरुले १ वर्षको निःशुल्क बिमा, १ वर्षको निःशुल्क सडक कर, ३ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ वर्षको वारेन्टी, लोएल्टी बोनस र अन्य अफरहरुको लाभ उठाउन सक्नेछन्। यो अफर देशभर रहेका हरेक निसान शोरुम हरुमा लागू हुने जनाएको छ।
प्रतिक्रिया दिनुहोस