aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

डेरामा बस्नेलाई पनि अलग्गै विजुली मिटर !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
डेरामा बस्नेलाई पनि अलग्गै विजुली मिटर !

काठमाडौं । भाडामा बस्नेलाई पनि अब अलग्गै विद्युत विटरको व्यवस्था हुने भएको छ ।  शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भाडामा बस्नेले पनि विद्यतु प्राधिकरणबाट छुट्टै मिटर लिन सक्ने ब्यवस्था गर्न लागेको बताएकी हुन  । 

अहिले घरेबेटीले कोठामा बस्नेसाग चर्को भाडा असुल्ने गरेको सर्वत्र गुनासो रहेकाले अब अलग्गै मिटर जडान गरेर डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुने मन्त्री भुसालले बताइ । तोकिएको न्युनतम् महसुल भन्दा बढी महसुल लिँदा कोठामा बस्नेहरुले विद्युतीय समाग्री प्रयोगमा ब्यवधान भोगिरहेका छन् ।

उनले भनिन्, ‘अब प्राधिकरणले आफ्नो विनियमावलीमै यस खालको व्यवस्था गरेको हो ।’ मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने पनि बताएकी छिन् । 

विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति समेत ल्याउने उनले जानकारी दिइन । विद्युत वितरण विनीयमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत वितरण बिनियमावली बनाइएको उनले जानकारी दिइन् । मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत पाउने छन् । १०० केभिएसम्म विद्युत सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस