aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मेरो शेयरमा समस्या, साञ्जेन र रसुवागढीको आईपीओ बिहीबारसम्म भर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
मेरो शेयरमा समस्या, साञ्जेन र रसुवागढीको आईपीओ बिहीबारसम्म भर्न पाइने

 काठमाडौं ।  रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबारसम्म विक्री खुला रहने भएको छ । बुधबारसम्ममात्र  आवेदन दिने समय भएपनि मेरो शेयरको प्राविधिक समस्याका कारण नेपाल धितोपत्र बोर्डको निर्देशनमा दुवै कम्पनीको आईपीओ विक्री अवधि थप हुने भएको हो । 

 सोही गुनासोलाई ध्यानमा राखी दुई दिनको अवधि थप गर्न विक्री प्रबन्धक र सम्बन्धीत कम्पनीलाई निर्देशन दिएको बोर्डका प्रबक्ता निरज गिरिले जानकारी दिए ।

वैशाख ६ गतेदेखि विक्रीमा आएको दुवै कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । गलबारसम्ममा साञ्जेन जलविद्युत कम्पनीको आईपीओमा १ करोड २१ लख कित्तको लागि आवेदन परेको छ । 

विक्री प्रबन्धक नागरिक लगानीकोषले दिएको जानकारी अनुसार २ लाख ५३ हजार जना आवेदकले १ करोड २१ लख कित्ताको लागि आवेदन गरेका छन् । साञ्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आईपीओ मध्य २ लाख १९ हजार कित्ता कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

सोही दिनदेखि विक्रीमा आएको रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओमा १ करोड ४७ लाख ११ हजार १३० कित्ताको आवेदन परेको विक्री प्र्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका अनुसार २ लाख ५० हजार ३७१ जना आवेदकबाट उक्त माग परेको हो । रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्तामध्य ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारीहरु र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो । 

प्रतिक्रिया दिनुहोस