
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । गत भदौ ७ गते सर्बसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुगेको छ । कम्पनीको शेयरमा संस्थापक तर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस