aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ पुस २०७८
बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्दै

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो ।  

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्था अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ । 

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस