aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा मंगलवार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ पुस २०७८
सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा मंगलवार हुदै

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले पुस १३ गते मंगलवार साधारण सभ ागर्ने  भएको छ ।  सभा बिहान ११ बजे स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा हुने जानकारी गराएको हो ।

कम्पनीले यस वर्ष कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव नगरेको जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । साथै आव २०७८/७९ को लागि लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुत्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गते देखि १३ गते सम्म बुक क्लोज गर्ने जानकारी गराएको छ ।
 
यस आधारमा पुस ४ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन पाउनेछन् । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस